Logo

मनोरञ्जन

सुनिल दवाडी र बिषाखा साहीको ‘गुँडेैले चरी’ गीत सार्वजनिक (भिडियोसहित)



काठमाडौं । गायक सुनिल दवाडी र बिषाखा साहीको स्वर रहेको  र थारू भाषाको गीत ‘गुँडैले चरी’ सार्वजनिक भएको छ ।

डीपी खनालको शब्द तथा सुनिल दवाडीको  संगीत रहेको सो गीत सुनिल दवाडी नामकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सो गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका छन् । गीतको भिडियोमा कमल सिङ्ग र उर्मिला कार्कीको अभिनय रहेको देख्न सकिन्छ ।

फराज अर्पणको निर्देशन रहेको सो भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । गीतको भिडियोलाई विशाल थापाले सम्पादन तथा रङ संयोजन गरेका छन् ।

इञ्जिनियरिङ पेशामा आवद्ध गायक सुनिलले यसअघि ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।

गीतको भिडियो :

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  १२ : २० बजे