Logo

अर्थ

सुनको भाउ तोलामा ३ सय रुपैयाँ घट्यो, आज कतिमा हुँदै छ कारोबार ?



काठमाडौ । आज (मङ्गलबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा मङ्गलबार सुनको मूल्यमा गिरावट आएको हो ।

सोमबार प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मङ्गलबार घटेर १ लाख १२ हजार ७ सय रुपैयाँमा झरेको छ भने सोमबार १ लाख १२ हजार ४ सय ५० रुपैयाँ पर्ने तेजावी सुनको भाउ घटेर १ लाख १२ हजार १ सय ५० रुपैयाँमा झरेको छ ।

यता, चाँदीको भाउ समेत प्रतितोला २० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । सोमबार प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ४ सय ४५ रुपैयाँ पर्नेछ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  १२ : ०५ बजे