Logo

Breaking News 1

नेपालले पूरा गर्‍यो दुई सय रन



काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दुई सय रन पूरा गरेको छ ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले खेलको ४३ दशमलव ३ ओभरमा दुई सय रन पूरा गरेको हो ।

टस हारेर पहिले ब्याटिङ थालेको नेपालले अहिले ४४ ओभरमा सात विकेट गुमाएर २०२ रन बनाउँदै खेलिरहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ७ : ५८ बजे