Logo

Breaking News 1

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी


१५ भाद्र २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।

आज भएको निर्वाचनमा उमेश पियालाई पराजित पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन् । उनले २३ मत पाउँदा पियाले १४ मत पाए ।

१३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ७ : ०२ बजे