Logo

समाचार

लागुऔषध गाँजासहित एकजना पक्राउ


१५ भाद्र २०८०, शुक्रबार  

69
Shares

पर्सा । पर्सागढी नगरपालिका-१ बडेरुवाबाट अवैध लागुऔषध गाँजा ५ किलो  ७ सय १३ ग्रामसहित मकवानपुर सुनाचुरी गाउँपालिका-६ बस्ने ३८ वर्षीय चन्द्रमान प्रजालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट मानवाबाट खटिएको प्रहरीले जितपुरबाट मनवातर्फ आउँदै गरेको प्रदेश नं.-२-०३-००१ ह २७२ नम्बरको अटो रिक्सालाई जाँच गर्ने क्रममा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ४ : ०८ बजे