Logo

Breaking News 1

आईसीसी महिला टी-ट्वान्टी विश्वकप छनोट : बहराइनविरुद्ध नेपालको १० विकेटको जित, २ ओभरमै भेट्टायो लक्ष्य


१५ भाद्र २०८०, शुक्रबार  

69
Shares

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराउँदै रबाफिलो जित दर्ता गराएको छ । मलेसियामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले खराब सुरुवात गर्दै १५ दशमलव ३ ओभरमा ३१ रनमा अलआउट भएपछि नेपालले ३२ रनको सामान्य लक्ष्य पाएको थियो । ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा लक्ष्य पुरा गर्‍याे ।

बहराइनविरुद्ध रबाफिलो जित दर्ता गर्नेक्रममा नेपालकी कविता कुवँरले १४ बलमा ३ चौकासहित नटआउट १७ रन बनाइन भने र सीता रानामगरले नट आउट रहँदै २ रन बनाइन् भने बाँकी रन अतिरिक्तमा पायो । महिला क्रिकेटको इतिहासमा नेपालले पाएको यो दोस्रो सानो लक्ष्य हो । यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेको थियो ।

उक्त खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो । पहिलो खेलमा मलेसियालाई ५ रनले हराएको नेपालले दोस्रो खेलमा बहराइनमाथि १० विकेटको सहज जित निकालेको हो।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  १ : ०१ बजे