Logo

समाचार

बालेनले दायर गरेको रिट उच्च अदालतद्वारा खारेज



काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाल नागरिक उड्डयन प्राधिकरणविरुद्ध दायर गरेको रिट खारेज गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र रमेश ढकालको इजलासले प्राधिकरणविरुद्ध बालेनले दायर गरेको रिट खारेज गरेको हो।

प्राधिकरणले सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएपछि मेयर बालेनले उक्त निर्णय बदर गर्न माग गर्दै उच्च अदालतमा रिट दर्ता गरेका थिए । अदालतले सुरुमा अल्पकालीन अन्तरिम जारी गर्दै अन्तरिम आदेशबारे थप छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो ।

रिट खारेज भएसँगै बालेनले असार १ गते प्राधिकरणले मागेको स्पष्टिकरणको जवाफ दिनुपर्ने भएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ९ : ३६ बजे