Logo

समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज विशेष अदालतमा मुद्दा दायर



काठमाडौं।  कपिलबस्तु जिल्ला, विजयनगर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तिलकराम कंडेलसमेत ३ जनालाइ सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आराेपमा अख्तियार दुरुपयोग अनुसन्धान  आयोगद्वारा आज विशेष अदालतमा मुद्दा दायर गरेकाे छ ।

वडाध्यक्षले बिजयनगर गाउँपालिकालाई बुझाउनुपर्ने शंकरपुर ताल ठेक्काको रकम ठेकेदारबाट लिई उक्त रकम गाउँपालिकालाई नबुझाई आफै हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा आयोगले अनुसन्धान गर्दा वडा अध्यक्षले शंकरपुर तालको ठेक्कावापतको रकम बिजयनगर गाउँपालिकाको खातामा जम्मा नगरी आफैले लिईखाई सार्वजनिक सम्पत्ति रु.६,१०,०००।-  हिनामिना गरेको भनि आयोगले मुद्दा दायर गरेकाे छ ।

 

 

 

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ३ : २३ बजे