Logo

समाचार

सर्पदंशबाट एकजनाको मृत्यु


३२ श्रावण २०८०, बिहिबार  

69
Shares

सर्लाही। सर्लाहीको लालबन्दी नगरपालिका–१० कि ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको सर्पदंशबाट मृत्यु भएको छ ।

राति घरमा सुतेको समयमा गोमन सर्पले डसेपछि उपचारका लागि लालबन्दी– १ स्थित नवलपुर सर्पदंश उपचार केन्द्रमा उनलाई लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको स्थानीयले बताए ।

यसवर्ष सर्लाहीमा  सर्पदंशबाट तीनजनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  १२ : ३१ बजे