Logo

समाचार

एकनाले भरूवा बन्दुकसहित पक्राउ


२३ श्रावण २०८०, मंगलबार  

69
Shares

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१३ करेखोला बस्ने ४२ वर्षीय केशव घर्तीलाई एकनाले भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा सोही नगरपालिका-१३ सिडेनि बस्ने ४८ वर्षीय जंग बहादुर राईको घरबाट  लुकाई छिपाई राखेको भरूवा बन्दुक १ थान फेला पारी प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ३ : ५१ बजे