काठमाडौँ । सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेविरुद्धको मुद्दा यथाशीघ्र टुंगो लगाउन आदेश दिएको छ ।
न्यायाधीशद्वय सुस्मलता माथेमा र हरि फूयालको संयुक्त इजलासले कुटपिटमा संलग्न विद्यार्थीविरुद्धको मुद्दा यथाशीघ्र टुंगो लगाउन जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको हो ।
सर्वोच्चले विद्यार्थी नेताहरूले अन्तरिम क्षतिपूर्ति नदिएको तथा अदालतको तारिख गुजारेर बसेको भन्दै आवश्यक कारबाहीको निर्णय लिन समेत जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको छ ।
यसअघि सरकारले चलाउनेमाथि आक्रमण गर्ने विद्यार्थीमाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनले सरकारी निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले यसअघि नै सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
प्रतिक्रिया