Logo

कर्णाली प्रदेश

मुगुमा पनि देखियो लम्पी स्किन, १२१ गाईगोरु मरे



मुगु । मुगुमा पनि पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण देखिएकाे छ । मुगुका चार स्थानीय तहमा लम्पी स्किन रोग देखिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार २७ असार २०७९ देखि हालसम्म ४२९ वटा पशु चौपायाहरुलाई संक्रमण देखिएको छ । मुगुमा लम्पी स्किन रोग बढी मात्रामा बाछाबाच्छीहरुमा रोग देखापरेको कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी सोरु गाउँपालिकामा देखापरेको छ भने खत्याड गाउपालिका, मुगुम कार्मारोङ्ग गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा पनि यो रोग देखापरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भीमचन्द्र बुढाले बताए । लम्की स्किन रोगबाट जिल्लामा हालसम्म १२१ वटा गाई वस्तु मरेको उनले बताए ।

उनले रोग रोकथामको लागि उपचार जारी रहेको र थप उपचारको लागि जिल्लामा रहेका सरोकारवाला सबै निकायसँग सहकार्य भइरहेको जानकारी दिए । लम्पी स्किन हुँदा पशु चौपायामा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र  नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, खुट्टा सुनिने, शरीरमा फोका आउने लक्षण देखिएका छन् । व

 

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  १२ : ५० बजे