काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संसद्को बाँकी कार्यकालका लागि संयुक्त सरकार निर्माण गर्न आह्वान गरेका छन् ।
ट्विटरमा आफ्नो धारणा राख्दै देशको उतारचढावपूर्ण अवस्था देश र जनताको हितमा नभएको भन्दै उनले संयुक्त सरकार निर्माण गर्न आह्वान गरेका हुन् ।
उनले संविधान र कानुनमा सुधार गर्न आग्रह गर्दै चुनावपछि नेपालको राजनीतिक दिशा र गति झनझन् उतारचढावपूर्ण भएको र त्यो देश तथा जनताका लागि हितकर नभएको समेत बताएका छन् ।
प्रतिक्रिया