Logo

कर्णाली प्रदेश

कर्णालीको बजेटमा यस्ता छन् उद्योग र वनसम्बन्धी योजना



सुर्खेत।  कर्णाली प्रदेशको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा कार्यक्रममा उद्योग र वन सम्बन्धी योजनालाई समेटिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले प्रस्तुत गरेको वार्षिक बजेट तथा कार्यक्रममा पुराना केही योजनाको निरन्तरता दिँदै नयाँ योजनाहरु समेटिएको हो ।

महिला आर्यआर्जन विकासका लागि ७ करोड रुपैँया विनियोजन गरिएको छ भने महिलाको स्वामित्वमा रहेका उद्योगलाई प्रोत्साहन कार्यक्रम गरिने छ । भौगोलिक पहिचानसाग जोडिने उद्योग सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरिएको छ । प्रदेशको औद्योगिक ऐन तजुर्मा गरिने भएको छ ।

एक जिल्ला एक उत्पादन, सिपसँग सहयोग कार्यक्रमबाट उत्प्रेरित गरिने बताइएको छ । रैथाने उत्पादनको बजारीकराणका लागि कोशेली तथा सौगात घर स्थापना र अनलाई सौगात डट कम सञ्चालन गरिने भनिएको छ ।

विशिष्टकृत वस्तुको उत्पादन प्रशोधनका लािग प्राविधिक सहयोग उपलब्ध गराउने प्रत्येक जिल्लामा सिप विकास कार्यक्रम सञ्चालन गर्ने योजना समेटिएको छ ।  वन वातावरण तथा जलाधार व्यवस्थापनका लागि दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने भएको छ । लेक तथा पाटन संरक्षण विशेष कार्यक्रम, जलवायु परिवर्तन सम्बन्धि राष्ट्रिय नीति कार्यन्वयन, वृक्षारोपण योजनालाई विस्तार गर्ने, समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम मार्फत औषधीय र जडिबुटीयोग्य प्रशोधन कार्यक्रम सञ्चालन गर्न वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको मन्त्री सिंहले बताए ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : ४५ बजे