काठमाडौं । नेपाली कांग्रेसको सचेतक पदमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ मनोनित भएकी छन् । पार्टी सभापति शेरबहादुर देउवाले सांसद थिङलाई बिहीबार सचेतकमा मनोनयन गरेका हुन् ।
देउवाका निजी सचिव केशवराज जोशीले एक विज्ञप्ति जारी गर्दै थिङलाई सचेतकमा मनोनयन गरेको जानकारी दिएका छन् ।
कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम पार्टी सभापति देउवाले थिङलाई सचेतकमा मनोनित गरेका हुन् ।
प्रतिक्रिया