Logo

मनोरञ्जन

बैजु बावरामा शेयर पारिश्रमिकमा काम गर्दै रणवीर



मुम्बई । ‘गोलिया कि रासलिला राम–लीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्यमावत’ जस्ता सफल फिल्ममा सहकार्य गरेका निर्देशक सञ्यलीला भन्साली र अभिनेता रणवीर सिंह नयाँ म्यूजिक एपिक फिल्म ‘बैजु बावरा’मा चौथो सहकार्य गर्दैछन् । फिल्म आगामी २०२४ को जनवरीमा फ्लोरमा जाने तयारीमा छ । फिल्ममा रणवीरको अपोजिटमा आलिया हुनेछिन् ।

फिल्मका लागि रणवीरले पारिश्रमिकको सट्टा निर्देशक भन्सालीसँग नाफा बाँडफाँटको सम्झौता गरेका छन् । ‘फिल्मलाई आफ्नो दाउभन्दा माथि राख्न र निर्देशक भन्सालीजस्तो मास्टरसँग जुनसुकै हदसम्मको काम गर्न रणवीर तयार छन् । रणवीर फिल्मबाट पारिश्रमिकका रुपमा टोकन रकम लिने र बाँकी फिल्मका लागि रिजर्भ गर्नेमा सहमत छन्’, फिल्म निकट स्रोतले भन्यो ।

भन्साली आफूले मनले चाहेको खर्च गर्न सबै पैसा लगानी गर्दैछन् । ‘महामारी पछिको समयमा व्यावसायिक गतिशिलता परिवर्तन भएको छ । जहाँ निर्मातहरुले सबै पैसा अभिनेता र अभिनेत्रीको शुल्कका रुपमा राखेका छैनन् । यदि बैजु वावरा सफल भयो भने रणवीरले आफ्नो बजार मुल्य पाउनेछन्’, स्रोतले भनेको छ ।

फिल्ममा जयन्ती लाल गाडाको लगानी रहनेछ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  २ : १० बजे