Logo

मुख्य समाचार

युक्रेन युद्ध : डिनिप्रोमा रुसी आक्रमणमा बीस घाइते



किभ जेठ । युक्रेनको मध्य सहर डिनिप्रोमा भएको रुसी हमलामा परेर २० जना घाइते भएका छन्  । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साझा गरेको भिडियोमा उद्धारकर्ताहरूले दुई तले भवनको अवशेष खोजिरहेको देखाइएको छ। सो हमलामा अरु पनि फसेको आशंकामा भग्नावशेषमा खोजी जारी राखिएको छ ।

एक युक्रेनी सुरक्षा अधिकारीका अनुसार राजधानी कीभमा सो आक्रामण पछि विस्फोटको आवाज सुनिएको छ र हवाई प्रतिरक्षा प्रणाली फेरि तैनाथ गरिएको छ । युक्रेनका सबैजसो भागमा हवाई आक्रमणको अलर्टमा राखिएको छ । रुसले पछिल्लो घटनाबारे भने कुनै प्रतिक्रिया दिएको छैन ।

जेलेन्स्कीले डिनिप्रोमा भएको विस्फोटलाई जानाजानी रूसी आक्रमणको रूपमा वर्णन गरेका छन । यद्यपि रूसले छिमेकी देशमा आक्रमण गर्दा नागरिकहरूलाई लक्षित गर्ने गरेको सुरु देखी नै अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ७ : ३८ बजे