Logo

मुख्य समाचार

इपीजीको प्रतिवेदनबारे कुरा गरेर वातावरण विगार्नु उचित थिएन– प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा ईपीजी प्रतिवेदनको विषयमा आफ्नो तर्फबाट कुरा राखेपनि वातावरण नविगार्न धेरै कुरा नगरेको स्पष्ट पारेका छन् ।

चार दिने भ्रमणपछि शनिबार स्वदेश फर्किएका उनले ईपीजीकै कुरा धेरै उचालेर आर्थिक र द्विपक्षीय सहयोगका अरु क्षेत्रमा भएको परिणाममुखी वातावरण विगार्न नचाहेको बताए ।

‘ईपीजी हामी सबैको चासोको कुरा हो, मैले आफ्नो ढंगले कुरा नगरेको छैन, आफ्नो ढंगले कुरा गरेको छु, तर यो विषयलाई बढी उचालेर आर्थिक र द्विपक्षीय सहयोगको क्षेत्र विस्तारको जो परिणामुखी वातावरण बनेको बिगार्नु उचित थिएन’ उनले भने ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ८ : ४१ बजे