Logo

मनोरञ्जन

सैफअलि भन्दा पहिला रावण बनेका यी पाँच कलाकार, एकसँग त धेरैजना डराउँथे



मुम्बई। चलचित्र आदिपुरुषको ट्रेलर हालै सार्वजनिक भएको छ । फिल्मको ट्रेलर रिलिज हुनेबित्तिकै दर्शकले निकै माया पाइरहेका छन् । तर आदिपुरुषको ट्रेलर हेरेपछि सबैभन्दा बढी चर्चामा रहेको पात्र रावण हो । यस फिल्ममा बलिउड अभिनेता सैफ अली खानले रावणको भूमिका निर्वाह गरेका छन् । आदिपुरुषको ट्रेलर हेरे पछि उनको निकै तारिफ भइरहेको छ ।

तर, के तपाईलाई थाहा छ सैफ अली खान भन्दा पहिले पनि धेरै कलाकारहरुले पर्दामा रावण बनेर धेरै हेडलाइन बनाएका छन् । आज हामी तपाईलाई त्यही कलाकारहरुको परिचय गराउँछौ ।

अखिलेश मिश्र
सन् २००८ मा रामानन्द सागरका छोरा आनन्द सागरले पनि ‘रामायण’ बनाएका थिए । जसमा राम र सीताको भूमिकामा गुरमीत चौधरी र देबिना मुखर्जी थिए । यस शोमा अभिनेता अखिलेश मिश्रा रावणको भूमिकामा देखिएका थिए, जब अखिलेशले ठूला आँखा र भारी स्वरमा संवाद बोल्ने गर्थे, मानिसहरू साँच्चै नै काँप्ने गर्थे। अखिलेश अहिले पनि त्यही पात्रका लागि चिनिन्छन् ।

प्रेमनाथ
प्रेमनाथले सन् १९७६ मा रिलिज भएको फिल्म ‘जय बजरंग बली’मा रावणको भूमिका निभाएका थिए । यस फिल्ममा दारा सिंह हनुमानको भूमिकामा थिए, जुन उनको उत्कृष्ट पात्र मध्ये एक हो। यस फिल्ममा रावण बनेका प्रेमनाथलाई पनि निकै मन पराइएको थियो ।

आर्य बब्बर
राज बब्बरका छोरा आर्य बब्बर ठूलो पर्दा पछि सानो पर्दामा प्रवेश गरे र टिभी सिरियल ‘संकटमोचन महाबली हनुमान’मा रावणको भूमिका निभाएका थिए । यद्यपि आर्याले यो भूमिकाको प्रशंसा पाउन सकेनन्, जुन उनका पहिलेका कलाकारहरुले पाएका थिए ।

कार्तिक जयराम
अभिनेता कार्तिक जयरामले एकता कपुरको सिरियल ‘सिया के राम’ मा रावणको भूमिका निभाएका थिए । कार्तिक कन्नड अभिनेता हुन्। कार्तिक कन्नड बिग बोसमा पनि देखिएका छन्, साथै उनले धेरै फिल्ममा पनि काम गरेका छन् ।

अरविन्द त्रिवेदी
रामानन्द सागरले पर्दामा ‘रामायण’ देखाउँदा दर्शक हात जोडेर टिभी अगाडि बस्ने गर्थे । यस ऐतिहासिक सिरियलमा अरविन्द त्रिवेदी रावणको भूमिकामा देखिएका छन् । अरविन्दले यो पात्रलाई पर्दामा जुन तीव्रताका साथ प्रस्तुत गरेका छन्, त्यो प्रशंसनीय छ । अरविन्दको अनुहार बाहेक रावणको चरित्रलाई दर्शकले कल्पना पनि गर्न सकेनन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  १२ : ३७ बजे