काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त एमालेका निलम्बित सचित तथा सांसद टोपबहादुर रायमाझीको वयान सकिएको छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँण र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान भोलि शुक्रबार हुने भएको छ । बिहिबार रायमाझीसहित पुर्वसभासद आङ्टावा शेर्पा र हज समितिका अध्यक्ष शमसेर मियाँको वयान लिइएको छ । योसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १७ मध्ये १५ जनाको बयान सकिएको छ।
खाँण र रिजालको बयान सकाएर थुनछेक बहस सुरू हुनसक्ने बताइएको छ । उनीहरुविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्ध, संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
प्रतिक्रिया