Logo

मुख्य समाचार

‘एनाटोमी अफ ए फल’लाई पाल्मे डी ओर अवार्ड



पेरिस । यस वर्षको ‘कान्स फिल्म फेस्टिभल’मा हत्या रहस्यले भरिएको फ्रान्सेली फिल्म ‘एनाटोमी अफ ए फल’का लागि निर्देशक जस्टिन ट्राइटले प्रतिष्ठित ‘पाल्मे डीओर’ अवार्ड जितेकी छन् ।

यो फिल्मले पतिको हत्याको आरोप लागेको एक लेखकको कथालाइ देखाएको छ । यो अवार्ड जित्ने जस्टिन तेस्रो महिला निर्देशक हुन् ।

अवार्ड लिँदै जस्टिनले पेन्सनको विरोध प्रदर्शनमा फ्रान्सेली सरकारले दिएको प्रतिक्रिया प्रति आलोचना गरेकी थिइन् । ‘यी विरोध प्रदर्शहरुलाई स्तब्ध पार्ने गरी दमन गरिएको थियो’, हलिउड स्टार जेन फोन्डाबाट अवार्ड प्राप्त गरेपछि जस्टिनले भनिन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पेन्सन प्रणालीमा सुधार गर्ने भन्दै सेवा निवृत्तको उमेर ६२ बाट ६४ पुरयाएपछि फ्रान्समा विरोध भइरहेको छ । फेस्टिभलको दोस्रो ठूलो पुरस्कार ‘द ग्राण्ड प्रिक्स’ ब्रिटिस निर्देशक जोनाथन ग्लेजरले ‘द जोन अफ इन्ट्रेस्ट’का लागि जिते । यो फिल्म दिवंगत मार्टिन अमिसको उपन्यास ‘द जोन अफ इन्ट्रेस्ट’मा आधारित छ ।

फेस्टिभलमा जापानी अभिनेता कोजी याकुसोले फिल्म ‘विम वेन्डर्स परफेक्ट डेज’का लागि ‘उत्कृष्ट अभिनेता’को अवार्ड जिते । फिल्ममा कोजीले टोकियोमा शौचालय सफा गर्ने मध्यम उमेरका युवाको भूमिका निभाएका छन् । त्यस्तै टर्कीकी मर्भ डिजडरले ‘एबाउट ड्राइ ग्रासेस’का लागि ‘उत्कृष्ट अभिनेत्री’को अवार्ड पोल्टामा पारिन् । भियतनामी–फ्रान्सेली निर्देशक ट्रान एन्ह हुङ ‘पोट–अउ–फिउ’का लागि ‘उत्कृष्ट निर्देशक’को हकदार बने । यो फिल्मले १९ औं शताब्दीमा फ्रान्सेली महलमा भएको जुलाइटी बिनोचे र बिनोट मागिमेलको प्रेमकथालाई देखाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ९ : ४२ बजे