Logo

खेलकुद

आईपीएल : चेनाई फाइनलमा



काठमाडौं । चेनाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल यात्रा तय गरेको छ । साविक विजेता गुजरात टाइटन्सलाई पाखा लगाउँदै चेन्नाई दशौं पटक आइपिएलको फाइनलमा पुगेको हो । घरेलु मैदान एमए चेन्नास्वामी स्टेडियम चेपकमा सम्पन्न खेलमा चेनाईले गुजरातलाई १५ रनले पछाडि पार्यो ।

चेन्नाईका लागि दीपक चहर, मथिशा पथिराना,रविन्द्र जडेजा र महेश थिक्सनाले समान २–२ र तुसारदेस पान्डेले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । योसँगै चेन्नाईले फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ । फाइनल खेल अब आगामी आइतबार हुनेछ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ९ : ५२ बजे