Logo

खेलकुद

लिग च्याम्यियन बार्सिलोनाको लगातार दोस्रो हार



काठमाडौं । स्पेनिस ला लिगाको च्याम्पियन क्लब बार्सिलोनाले पुनः अर्को पराजय भोग्नु परेको छ । यस सिजनका ला लिगा च्याम्पियन भइसकेकाे बार्सिलोनाले  लगातार दोस्रो पराजय भाेगे पछि उसकाे उपाधी जित खल्लाे हुन पुगेकाे छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली रियल भालाडोलिडसँग ३–१ ले पराजित हुन पुगेको हो, यसअघि बार्सिलोना रियल सोसिडाडसँग २–१ ले पराजित ब्योहोर्नु परेको थियो । च्याम्पियन बिजेता घोषित भईसके पछि वार्सिलोनको यो लगातार दोस्रो पराजय हो ।

मंगलबार राती भएको खेलको दोस्रो मिनेटमा नै आन्द्रेसर क्रिस्टेन्सेनको आत्मघाती गोल गरे पछि बार्सिलोना सुरुमा नै पछि पर्न गयो । र, सो खेलको २२औं मिनेटमा साइल लरिनले पेनाल्टीमा गोल गरे पछि भालाडोलिडले पहिलो हाफमा नै २–० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफको ७३औं मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै घरेलु टोलीलाई भालाडोलिडलाई ३–० को फराकिलो अग्रता दिलाउन सफल भए तर ८४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा फर्काउन त फर्काए तर बार्सिलोनाका लागि त्यो पर्याप्त हुन सकेनन् । अन्ततः दुवै पक्षवाट थप गोल हुन नसके पछि बार्सिलोना ३–१ ले पराजित हुन पुग्यो ।


प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ९ : १० बजे