Logo

कर्पोरेट

क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत फ्ल्याट छुट



काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पे र सिनामंगल स्थित क्रिस्टल डाइग्नोस्टिक बीच भुक्तानी छुट साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार, क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।

सो सम्झौता अन्तर्गत ग्राहकवर्गलाई आफ्नो स्वास्थ्य सम्बन्धी क्रिस्टल डाइग्नोस्टिकको कुनै पनि सेवा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त हुने छ ।

पहिलो चरणमा छ महिनाको लागि गरिएको यस सम्झौतामार्फत ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्ट र अल्ट्रासाउन्ड सेवा बाहेक अरु सबै सेवामा सो छुट प्राप्त गर्न सक्ने छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ५ : ५५ बजे