Logo

मुख्य समाचार

बर्दियाको जब्दिघाट पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइने



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बर्दियाको जब्दिघाट पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइने भएको जनाएको छ।

मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले अर्थ मन्त्रालयसँग बजेटका लागि छलफल भएको र अबको दस दिनभित्र ठेक्का प्रक्रियाका लागि सूचना प्रकाशित गर्ने जानकारी दिए ।

बर्दियाका स्थानीय जनप्रतिनिधि, सांसदलगायत सबैसँग सल्लाह गरेर सहमतिमा पुगेको उनको भनाइ छ । पुराना पुलको अदालतमा मुद्दा भएको र त्यसको आसपास नयाँ ठाउँमा पुलको ठेक्कामा जान लागिएको उनले बताए ।

मन्त्री ज्वालाले हाल अनसनमा बसिरहेका सांसद सञ्जय गौतमलाई अनसन तोड्न पनि अनुरोध गरेका छन् । अरू मन्त्रालयसँग सम्बन्धित विषय सम्बन्धित मन्त्रालय बोल्ने भएपनि आफ्नो मन्त्रालयले माग सम्बोधन गरेको उनको भनाइ छ ।

जब्दिघाट पुल निर्माण गर्नुपर्ने लगायतका माग गर्दै बर्दियाका सांसद गौतक आमरण अनसन बसेका छन् । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको सो पुल पाँच वर्ष पहिले भत्केको थियो भने गत वर्षको बाढीले सबै संरचना बगाएको थियो ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  १० : ११ बजे