Logo

समाचार

नेपालमा थपिए २१ कोरोना संक्रमित



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर १०९१ नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा २२ जना संक्रमण मुक्त भएका छन् । हाल देशमा ११२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ६ : ३४ बजे