Logo

विचार

भविष्यको योजनामा काम गर्ने पार्टी कहिलै पुरानो हुँदैनन



काठमाडौं । अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गरिन खोजिदैछ । भविष्यको योजनामा काम गर्ने पार्टीहरु कहिलै पुराना हुदैनन् । नेकपा एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी हो । समाजवाद नेकपा एमालेको लक्ष हो । जबजको मार्गदर्शनमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा समाजवाद निर्माणको नेकपा एमालेको वाटो हो ।

मार्क्सवाद र जनताको वहुदलिय जनवादको मार्गदर्शनमा अघि वढेको पार्टी यथास्थितिवादी हुन सक्तैन । यो निरन्तर गतिशिल प्रवाहमा अघि वढ्ने गर्दछ ।
माओवादी केन्द्रसंगको पार्टी एकतासंगै यो पार्टीमा वैचारिक राजनीतिक काम हुन सकेन । आन्तरिक संघर्षले संगठनात्मक अराजकता वढेर गयो । परिणाम स्वरुप यसको गति केही कमजोर बनेको थियो । संगठनात्मक अराजकताले यसको एकिकृत शक्ति घट्न पनि पुगेको थियो । मिसन ग्रासरुटले गतिहिनता तोडेको छ । नयाँ गतिको आधार सिर्जना गरेको छ । एकिकृत शक्ति निर्माणको जग तयार गरेको छ ।

नयाँ स्वतः विकल्प हुने, राम्रो र सफल हुने होइन । यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिवद्ध कार्यकर्ताको आवश्यकता पर्दछ । नेकपा एमालेको पाँचौ केन्द्रीय कमिटीको पूर्ण वैठकले प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने जबजको मान्यताका आधारमा पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा सुदृढ गर्ने कार्ययोजना तयार गरेको छ ।

विचारधाराको जगमा खडा भएको बलियो राष्ट्रिय शक्तिले मात्र यथास्थितिवादको दुश्चक्रलाई तोड्ने सामर्थ्य राख्दछ र मुलुकलाई परिवर्तनको दिशामा डोर्याउन सक्दछ । आउनुहोस मुलुकलाई राजनीतिक अस्थिरता र चरम आर्थिक संकटको दुश्चक्रवाट मुक्त गर्न नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिकारुपमा सुदृढगर्न नयाँ संकल्प सहित नयाँ यात्राको थालनी गरौ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : ५८ बजे