Logo

खेलकुद

शहिद स्मारक लिग : आज तीन खेल हुँदै



काठमाडौं । शहिद स्मारक लिगमा आज तीन खेल हुँदै छन् । त्रिपुरेस्थित दशरथ रंगशालामा दुईवटा र च्यासल खेल मैदान, ललितपुरमा एउटा खेल हुनेछ ।

च्यासलस्थित खेल मैदानमा मछिन्द्र फुटबल क्लब तथा थ्रि स्टार क्लब बिच पहिलो खेल हुनेछ । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

यसैगरी त्रिपुरेस्थित रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाईज युनाइटेड र त्रिभुवन आर्मी क्लब बिच पहिलो प्रतिस्पर्धा हुनेछ । सो खेल पनि ३ बजेवाट सुरु हुनेछ ।

उता, साँझ ६ बजेबाट रंगशालामा हुने दोस्रो खेलमा भने एफपी फुटबल क्लब र सातदोवाटो युवा क्लब एक आपसमा आमुने सामुने हुनेछन् ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : ०८ बजे