Logo

धर्म / संस्कृति

कस्तो छ वैशाख २९ गते शुक्रबारको राशीफल ?


२९ बैशाख २०८०, शुक्रबार  

0
Shares

काठमाडौँ । आज २०८० वैशाख २९ गते शुक्रबार, १२ मे २०२३ । आजको राशीफल कस्तो छ ?

मेष
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने समय छ ।

वृष
चुनौतीभित्र अवसर खोज्ने समय छ । शारीरिक कमजोरीले चिन्ता बढाउनेछ । प्रयत्न गर्दा समाजसेवामूलक काम सम्पादन गर्न सकिनेछ।

मिथुन
अस्वस्थता र कमजोरी अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्नेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला ।

कर्कट
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ ।

सिंह
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ ।

कन्या
अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ ।

तुला
कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । काममा अरूको भर नपर्नुहोला । आफन्तसँग मतभेद हुनेछ।

वृश्चिक
मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। व्यापारमा मनग्य धनलाभ हुनेछ ।

धनु
आलोचित बन्नुपर्ला । बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ । शुभचिन्तकहरूको साथ–सहयोगले काम बन्नेछ।

मकर
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।

कुम्भ
आकस्मिक खर्च बढ्नृछ । इच्छाविपरीत काम गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ।

मीन
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : ०४ बजे