Logo

खेलकुद

म्यानचेस्टरले तेस्रो स्थानमा उक्लिने मौका चुकायो



काठमाडौं । म्यानचेस्टर युनाइटेड पराजित हुन पुगेकाे छ । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै बेष्ट हयामले आफनो जीत पक्का गरेको हो ।

आइतवार राती भएको खेलको २७ औं मिनेटमा सेड बेनराहमले गरेको गोल नै निर्णायक हुन पुग्याे । त्यसपछि दुवै टोलीवाट एक अर्काको गोल पोष्टमा गोल गर्नका लागि निरन्तर प्रहार भए पनि दुवै टोली असफल हुन पुथ्यो । र, खेल १-० मा नै टुंगियो ।

यस हारसँगै म्यानचेस्टरकाे तेस्रो स्थानमा उक्लने प्रयास भने रोकिन पुगेको छ  । तर, ३४ खेलबाट ६३ अंक जोडेर म्यानचेस्टर चौथो स्थानमा भने यथावत नै छ भने  पराजित वेस्ट ह्याम ३५ खेलबाट ३७ अंक जोडेर १५ औं स्थानमा छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ८ : २२ बजे