Logo

खेलकुद

पोखरामा सबैभन्दा लामो ट्रायथलन आजबाट सुरु


२३ बैशाख २०८०, शनिबार  

69
Shares

पोखरा । पोखरामा शनिबार हिमालयन एक्स्ट्रिम ट्रायथलन भएकाे छ । दोस्रो संस्करणको सो ट्रायथलनमा २२ देशका ३६ खेलाडीले सहभागिता जनाउँदै छन् । हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा सो प्रतियोगिता सुरु भएकाे हाे ।

हिमालयन एक्स्ट्राई निर्देशक रिक्की योन्जनका अनुसार सो प्रतियोगितामा अमेरिका, रसिया, अस्ट्रेलिया, नेदरल्याण्ड, बेलायत, ग्रिस, चेक रिपब्लिक र भारत लगायतका मुलुकका ५ महिलासहित ३१ जना पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।

आयोजकका अनुसार शनिबार फेवातालमा ३‍ ८ किमी लामो पौडीबाट सो प्रतियोगिता सुरु हुनेछ भने लगतै १७५ किमि साइकल दौड सुरु हुनेछ।

पोखरा लेकसाईडबाट सुरु हुने सो साइकल दौड सराङकोट–पर्वतको कुस्मा–बागलुङ कालिका हुँदै पुन: फर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुने जनाईएको छ ।

सो साइकल दौड प्रतियोगिता पछि ४३ किमी लामो दौड सुरु हुनेछ। काँडे हुँदै ४ हजार मिटरको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै माछापुच्छ्रे गाउँपालिकाको ल्वाङमा पुगेर सम्पन्न हुनेछ ।

सो प्रतियोगिता पुरा गर्न करिब १८ देखि २२ घन्टा लाग्न सक्ने आयोजकले अनुमान गरेका छन भने प्रतियोगितामा करिब १ करोड खर्च हुुने अनुमान आयोजकको रहेको छ ।

 

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ७ : ४४ बजे