Logo

खेलकुद

ब्राइटनसँग म्यानचेस्टर युनाइटेड स्तब्ध


२२ बैशाख २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले ब्राइटन होव अल्वियोनसँग पराजित हुन पुगेको छ । युनाइटेड घरेलु टोली ब्राइटनसँग १–० ले पराजित भएको हो । ब्राइटनले इन्जयुरी समयमा गरेको पेनाल्टी गोलका कारण म्यानचेस्टर पराजित हुन पुगेको हो ।

कम्युनिटी स्टेडियम फाल्मेरमा बिहीबार राति भएको खेलमा घरेलु टोली ब्राइटनले पाहुना टोलीमाथि सुरु देखी दवाव राखे पनि पहिलो र दोस्रो हाफको अन्तिमसम्म कुनै गोल गर्न सकेन ।

तर, इन्जयुरी समयमा पेनाल्टी बक्समा लुका साले ह्यान्ड गर्न पुगे पछि रेफ्रीले ब्राइटनलाई पेनाल्टी दिएका थिए । अन्तिम समयमा आएको सो मौकामा अर्जेन्टिनी मिडफिल्डर एलेक्सिस म्या एलिस्टरएले निर्णायक गोल गरे र ब्राइटन बिजयी हुन सफल भयो ।

यस जितसँगै ब्राइटन ३२ खेलबाट ५५ अंक जोडेर छैटौं स्थानमा छ भने एक खेल बढी खेलेको पराजित युनाइटेड ३३ खेलबाट ६३ अंक जोडेर चौथो स्थानमा छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : ५९ बजे