काठमाडौं । प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट ठूलो परिमाणमा नक्कली मह र कच्चा पदार्थसहित एक व्यापारीलाई पक्राउ गरेको छ।
अखाद्य मिसावट गरी मह उत्पादन तथा बिक्री गरेको आरोपमा बूढानीलकण्ठ–२ स्थित गार्डेन अपियरी उद्योग प्रालिका सञ्चालक ५९ वर्षीय पवन सत्याल पक्राउ परेका हुन् ।
उनलाई सोमबार मध्याह्न १२ बजे प्रहरी प्रभाग बूढानीलकण्ठ र प्रहरी वृत्त महाराजञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार तयारी मह ७०० बट्टा र कच्चा पदार्थ ४० बाल्टिन बरामद समेत भएको छ ।
प्रतिक्रिया