Logo

समाचार

झण्डै ४ वर्षपछि खुल्यो हुम्लाको हिल्सा नाका



काठमाडौं । कोरोनाका कारण २०७६ को मंसिरबाट बन्द भएको हुम्लाको नाम्खा गाउँपालिका–५ यारीबाट चीन जोड्ने उत्तरी हिल्सा नाका साढे ३ बर्ष पछि खोलिएको छ ।

झण्डै चारवर्षदेखि बन्द रहेको हिल्सा नाका सोमबारबाट सञ्चालनमा आएको हो । हिल्सा नाका खुलेसँगै सोमबार नै १८ जना हुम्ली चिनको स्वसाशित क्षेत्र तिब्बतको ताक्लाकोट पुगेका छन् ।

तत्काललाई नेपाल तर्फबाट चिनतिर जाने दिएको भएपनि चीनबाट नेपाल तिर भने आउन दिइएको छैन । चीनबाट नेपाल तिर बैशाख २४ गते मात्र आउन दिने चिनिया अधिकारीले बताएको जनाइएको छ ।

यसअघि मार्च २९ मा भएको सहमति अनुरुप सोमबार हिल्सा नाकामा चीन र नेपालका सीमाक्षेत्रका सुरक्षाकर्मीको अनौपचारिक उपस्थितिमा चिन तिरको गेट खुलाइएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ८ : १५ बजे