काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले बेहोर्ने घोषणा गर्न आग्रह गरेका छन् ।
नेपाल ट्रेड युनियन काँग्रेसले सोमबार १३४ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्चपदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र सर्वसाधारणले भने आफैँ उपचार गर्नुपर्ने विभेद हुन नहुने बताएका हुन् ।
भारतबाट उपचार गरेर आइतबार राती राष्ट्रपति पौडेल स्वदेश फर्किएका थिए ।
प्रतिक्रिया