Logo

Breaking News 1

प्रचण्ड सरकारले हटायाे भ्रष्टचारीलाई कारबाही गर्ने बुँदा, रास्वपाले समर्थन फिर्ता लिन सक्ने !



काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुँदा न्यनतम नीति तथा कार्यक्रमबाट हटाएको खुलासा भएको छ । नेकपा एमालेसहितको समर्थन रहेको बेला उल्लेख भएको भ्रष्टचारलाई कारबाही गर्ने बुँदा नेपाली कांग्रेस सरकारमा आएपछि हटाएको खुलेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने सम्भावना बढेको छ ।

सो बारेमा निर्णय लिनका लागि रास्वपाले सोमबार केन्द्रिय तथा संसदीय दलको बैठक बोलाएको छ ।  ‘सरकारले न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ । मतदाताले केही थान मान्छेलाई संसदमा पठाएको होइन । एजेन्डासहित पठाएको हो । अझ निर्मम हुनुपर्ने विषयलाई भएको कुरालाई पनि हटाएकोमा हाम्रो गम्भीर आपत्ति छ ।  त्यसैले यसमा गम्भीर समीक्षा गरेर मात्र अगाडि बढ्छौँ,’ शुक्रबार शपथ पछि लामिछानेले भनेका थिए ।

यसैगरी, सोमबार बस्ने संसदीय दलको बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्दैछ, त्यसका लागि संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजीनामा दिइसकेका छन्  ।


प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : ०१ बजे