Logo

समाचार

चटयाङमा परि पाँचथरमा ५४ भेडा मरे



पाँचथर । फालेलुङमा चटयाङमा परि  ५४ वटा भेडा मरेएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–३ स्थित एउटै खोरमा रहेका ५४ वटा भेडा मरेका छन् भने एकजना गोठालो भने घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार चटयाङ पर्दा भेडा फर्ममा नै रहेका याङबरक–३ निवासी प्रेम राई भने सख्त घाइते भएका छन् ।

शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारेका उनलाई उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको थियो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख हरि खतिवडाका अनुसार सो चटयाङका कारण भेडा फर्मका मालिकलाई झन्डै १६ लाख बराबरको क्षति हुन पुगेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ५२ बजे