Logo

खेलकुद

मुलपानीले ओडिआई मान्यता पाएपछि क्यान मनायाे केक काटेर खुसीयाली



काठमाडौं । नेपाल (क्रिकेट संघ क्यान) ले मूलपानी मैदानले पनि एकदिवसीय (ओडिआई) मान्यता प्राप्त गरेको खुसियालीमा केक काटेर उत्सब मनाएको छ । क्यानका पदाधिकारी तथा कर्मचारीहरुलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केक काटेर खुवाउँदै उत्सवको रुपमा खुसीयाली साटासाट गरेका हुन् ।

क्यानको मुख्यालयसमेत रहेको मूलपानीको माथिल्लो मैदानले आज ओमान र युएईबीचको एक दिवसीय क्रिकेट खेल आयोजना भएसँगै उक्त मैदानले अन्तर्राष्ट्रिय मान्यता पाएको हो । यसअघि नेपालमा एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपमा त्रिभुवन विश्वबिद्यालय क्रिकेट मैदान मात्रै रहेको थियो ।

सन् २०२० मा त्रिबी खेल मैदानले ओडिआई मान्यता पाएको तीन वर्षपछि मुलपानी मैदानले पनि आजवाट सो मान्यता प्राप्त गरेको हो । शनिबारबाट नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुईवटा क्रिकेट मैदान भएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ४२ बजे