Logo

Breaking News 1

एसीसी प्रिमियर कप : वर्षाका कारण नेपाल र कुवेतको खेल रोकियो



काठमाडाैं । एसीसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण रोकिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले २३.२ ओभरमा तीन विकेट गुमाएर १४१ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको हो ।

यतिबेलासम्म नेपालले ३ विकेटको क्षतिमा १४१ रन बनाएको छ । नेपालका ब्याट्सम्यान कुशल भुर्तेल, भीम सार्की र आसिफ सेख आउट भएका छन् भने कप्तान रोहित पौडेल र कुशल मल्ल मैदानमा छन् ।

रोहितले ४० बल खेल्दै ३० रन बनाएका छन् भने कुशलले ३० बलको सामना गर्दै ३२ रन बनाएका छन् । टस हारेको नेपाली टोलीले पहिले ब्याटिङको निम्तो पाएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ११ : ०९ बजे