Logo

Breaking News 1

कुवेतविरुद्धको खेलमा पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडाैं । नेपालले एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्धको खेल पहिले ब्याटिङ  गर्दैछ । टियु मैदानमा भएको टसमा कुवेतले बलिङ  रोजेपछि नेपालले ब्याटिङ  गर्दै छ । नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।

नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ । नेपाली टोलीमा एक परिवर्तन भएको छ । गुलसन झाको स्थानमा करण केसी स्थान बनाएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ९ : १८ बजे