Logo

खेलकुद

एसीसी प्रिमियर कप : फाइनलका लागि कुवेतसँग खेल्दै नेपाल



काठमाडाैं । एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज (शनिबार) घरेलु टोली नेपालले कुवेतसँग खेल्दै छ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।

त्यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा ओमानले यूएईको सामना गर्नेछ । ओमान समूह एको उपविजेता हो भने यूएई समूह बीको विजेता बनेको थियो । यो खेल बिहान ९ बजे मुलपानीस्थित क्रिकेट मैदानमा खेलिनेछ ।

 

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ७ : ४८ बजे