Logo

Breaking News 1

नेपालले दुई विकेट गुमायो



काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत कतारविरुद्धको खेलमा नेपालले २ विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले चौथो ओभरसम्म दुई ब्याटरलाई गुमाएको हो।

नेपालले ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा मुनावीरको बलमा खुराम सहजादको हातबाट २ रनमा क्याच आउट भए। भीम सार्की ६ रन बनाउँदा मुनावीरको बलमा नै क्याच आउट भए । ९ओभरको समाप्तीमा नेपालले २ विकेट गुमाएर ३७ रन बनाएर खेलिरहेको छ।

क्रिजमा आशिफ शेख ११ र कप्तान रोहित पौडेल १६ रनमा नटआउट छन्।

 

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  १० : ०५ बजे