Logo

Breaking News 1

कतारविरुद्ध ब्याटिङमा नेपाल



काठमाडौं । एसीसी प्रिमियर कप समूह एु को अन्तिम खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेपछि कतारका कप्तान मोहम्मद रिजलानले फिल्डिङको निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।

समूह ‘ए’ बाट आफ्नो अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको नेपाल आजको खेलमा विजयी भए समूह विजेता बन्नेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले र दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गर्दा साउदी अरेबियाबीचको तेस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

यता, यसअघिका तीनवटै खेलमा हार बेहोरेको कतारका लागि भने यो प्रतिष्ठाको खेलमात्र हुनेछ । कतार पहिलो खेलमा ओमानसँग ४० रनले, दोस्रो खेलमा साउदी अरेबियासँग सात विकेटले र तेस्रो खेलमा मलेसियासँग तीन विकेटले पराजित भएको थियो ।

 

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ९ : १७ बजे