Logo

मधेश प्रदेश

महोत्तरीमा सवारी दुर्घटना हुँदा श्रीमान श्रीमतीसहित तीन जनाको मृत्यु



महोत्तरी । सवारी दुर्घटनामा परी महोत्तरीमा नवविवाहिता दम्पतीको मृत्यु भएको छ । बुधबार महोत्तरीको गौशालास्थित जंगलमा भएको सवारी दुर्घटनामा परी श्रीमान, श्रीमती र एक बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिरहा कल्याणपुर नगरपालिका-१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल छन् । अमृत र अन्जु श्रीमान श्रीमती रहेको प्रहरीले हुन् । विवाह भएको दुई महिनामै उनीहरूको मृत्यु भएको हो ।

आज दिउँसो अमृतले ९ससुराली०बाट श्रीमतीलाई लिएर घरतर्फ गइरहेकोमा जंगलमा रहेको रेल्वे टयाक नजिकको मोडमा मोटरसाइकल बससँग ठोक्किदा तीनै जना गम्भीर रूपमा घाइते भएका थिए । अमृत र अंशुको बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यस्तै अन्जुको वर्दिवास ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाइ छ ।

महोत्तरी प्रहरीले गौशालाबाट बर्दिबासतर्फ गईरहेको मधेस प्रदेश ०१ ०१(००४ प ६८१९ नम्बरको मोटरसाइकल गौशालातर्फ आइरहेका बा३ख २३९६ नम्बर बसमा ठोकिएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ११ : ४० बजे