काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनिमितता गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल लगायत नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
करिब पौने ३ अर्ब बराबरको विगो कायम गरी दायर भएको मुद्दामा नौ जनाको छु्ट्टाछुटै विगो कामय गरिएको छ । मुद्दा दायर गरिएकाहरुमा सिडिइी नविनकुमार पोखरेल (मेकानिकल), सहायक निर्देशक रमेश प्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, पूर्व लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहित मान प्रधान,मेपटेक विल्डिंग सर्भिसेस प्रा।लिका निर्देशक भुवन महर्जन र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्र लाल गुरौ छन् ।
प्रतिक्रिया