काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको मिति अन्यौलमा देखिएको छ ।
यसअघि चैत अन्तिम साता वा बैशाख पहिलो साता भारतको र्आपचारिक भ्रमणमा जाने तयारी थियो । तर भ्रमणको तारतम्य नमिल्दा तत्कालै भ्रमण हुने सम्भावना करिब सकिएको छ । प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाटै शुरु गर्ने प्रचलनअनुसार दाहाल पनि पहिला भारत नै जान लागेका हुन् ।
त्यसोत अहिलेकै प्रधानमन्त्री दाहाल पहिलोपटक प्रधानमन्त्री बनेका बेला क्रमभङ्ग भन्दै आफ्नो पहिलो विदेश भ्रमण चीनबाट शुरु गरेका थिए । अहिले भने चीनमा बोआओ सम्मेलनमा जान समेत दाहाल तयार भएनन् । चीनले उनलाई निम्तो समेत दिएको थियो । तर पहिलो भ्रमण भारतबाटै गर्ने तयारीमा दाहाल रहेका छन् ।
दाहालले पहिलो विदेश भ्रमण भारतबाट गर्न चाहेको भएपनि भारत सरकारले मिति नदिएका कारण कहिले जाने भन्ने निश्चित भइसकेको छैन । प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार परराष्ट्रमन्त्री नियुक्त हुने र त्यसपछि भ्रमणको तयारी शुरु हुनेछ ।
सम्भवतः बैशाख अन्तिम साताभित्र प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानेछन् ।
प्रतिक्रिया