काठमाडौँ । नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् ।
सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्ती बन्ने भएका हुन् । साउँदले भोलि ३ बजे शपथ लिने तयारी भएको छ ।
परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गर्नका लागि कांग्रेसले प्रधानमन्त्रीलाई पत्र पठाइसकेको बताइएको छ । तर अन्य मन्त्रीका बारेमा भने कुनै निर्णय भइसकेको छैन । संस्थापन इतर समुहले आफ्नो पक्षले ३ वटा मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ ।
तर सभापति देउवा तयार नभएका कारण अहिलेसम्म मन्त्रिमपरिषद्ले पुर्णता पाउन सकेको छैन ।
प्रतिक्रिया