Logo

Breaking News 1

आइतबार मन्त्रिमण्डल विस्तारको तयारी, प्रधानमन्त्रीले मागे कांग्रेससँग नाम



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार विस्तारको तयारी शुरु गरेका छन् ।

आज बिहान बसेको सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री दाहालले कांग्रेसबाट सरकारमा सहभागी हुने ४ जना मन्त्रीको नाम मागेका हुन् ।

कांग्रेसको भागमा परेका ८ मध्ये चार वटा मन्त्रालय स्वास्थ्य, परराष्ट्र, न्याय र खेलकुद मन्त्रालयमा मन्त्रीको नाम पठाउन सकेको छैन ।

कांग्रेसले नाम दिए आइतबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । कांग्रेसका तर्फबाट मन्त्रीको सूची नपाएकै कारण प्रधानमन्त्री दाहालसँग ६ वटा मन्त्रालयको जिम्मेवारी रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ३ : ०४ बजे