Logo

Breaking News 1

नयाँवर्षमा कस्तो होला नेपालको राजनीति ?



काठमाडौं । शुक्रबारबाट नेपाली नयाँ वर्ष शुरु भएको छ । वर्ष २०७९ मा नेपाली राजनीतिमा विभिन्न घटनाक्रम भए । समग्रमा भन्दा वर्ष २०७९ चुनावमय वर्ष बन्यो । स्थानीय तह, प्रदेश र संघको मात्रै होइन, राष्ट्रपति, उपराष्ट्रपति हुँदै नीीज क्षेत्रको व्यवसायीहरुको संस्था नेपाल उद्योग वाणिज्य महासंघको समेत चुनाव सम्पन्न भए ।

वर्ष २०७९ मा सम्पन्न चुनावको परिणामले भने यो वर्ष समेत अनेकन चतारचढाव ल्याउने देखिएको छ । चुनावमा कांग्रेससँग गठबन्धन गरेर जनतामाझ गएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकार निर्माण गर्दा एमालेसँग मिलेर गरेका थिए । तर उनै दाहालले राष्ट्रपति चुनावमा भने कांग्रेससँग गठबन्धन गरे । र अहिले समेत कांग्रेससहितिका दलको समर्थनमा सरकारको नेतृत्व गरिरहेका छन् ।

त्यसोत नेपाल शिक्षक संघको अधिवेशनको उद्घाटन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले सरकारको नेतृत्व गर्नसक्ने परिस्थती बन्नसक्ने खुलासा गरिसकेका छन् । सभापति देउवाले सरकारको नेतृत्वमा पुग्ने भनेको भएपनि मितिका बारेमा भने बोलेका छैनन् ।

कांग्रेसकै कारण वर्तमान सरकारले पुर्णता पाउन नसकेको भन्ने आलोचनाका बिच सभापति देउवाले दिएको अभिव्यक्ती अर्थपुर्ण रहेको छ । नेकपा एमालेले कांग्रेसँग सत्तासहकार्यका लागि अनौपचारिक प्रस्ताव गरिरहेको र कांग्रेसले अहिलेको सरकारमा दाबी गरेजति मन्त्रालय पाउन नसकेका बेला सभापति देउवाले अभिव्यक्तीको राजनीतिक अर्थ रहेको छ ।

सत्तारुढ दलका पदाधिकारी तहका नेताहरुले समेत वर्तमान गठबन्धनमा खटपट आउनसक्ने संकेत गर्ने गरेका छन् । नेपाली कांग्रेसका एक पदाधिकारीले वर्तमान गठनन्धनको आयु नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्वमा अस्वभाविक दाबी गरिरहेको र त्यसकै कारण अहिलेको गठबन्धनमा खटपट आउनसक्ने समेत केही समयअघि बताएका थिए ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ११ : २५ बजे