Logo

प्रदेश

कैलालीमा जिप दुर्घटना, एकको मृत्यु



धनगढी । कैलालीमा आइतबार सु.प प्र ०१००१ ज १४२३ नम्बरबको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चुरे गाउँपालिकाको–६ भिमदत्त राजमार्ग अन्र्तगत फल्टुँडेमा जिप दुर्घटना हुँदा भएको हो । चुरे गाउँपालिका–६ का वर्ष १८ का भानु ठकुन्नाको निधन भएको हो ।

मेलकट्टेश्वर मावि चुरे–६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसईई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जिप दुर्घटनामा परेर  निधन भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा वर्ष १७ का हरिश धामी, वर्ष १८ की सरस्वती र वर्ष १६ का प्रकाश धामी परि घाइते भएका छन । घाइतेहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यलय फलटुडेका अनुसार घाइतेहरू पनि एसईई दिइएर घर फकिरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन् ।

जिपको स्टेरिङ्ग कन्ट्रोल गर्न नसक्दा नालिमा ठोक्किएर गाडि दुर्घटना भएको खुलेको छ । गाडि चालक नरसिँ धामीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ७ : ०३ बजे